दफा २३
सूचीकरण सम्बन्धी अभिलेख
(१) यस परिच्छेद बमोजिम कोषमा सूचीकृत हुने व्यक्तिहरुकोसूचीकरण
सम्बन्धी अभिलेख एकीकृत कम्प्यूटर प्रणालीमा आधारित हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अभिलेखमा रहेको व्यक्तिको वैयक्तिक तथा जैविक सूचनाको
उपयोग कोषको प्रयोजनमा बाहेक अन्यत्र गरिने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम अनुसन्धान
वा न्यायिक कारबाहीमा सहयोग पु¥याउने प्रयोजनको लागि अख्तियार प्राप्त अधिकारीबाट माग भएमा
त्यस्तो अभिलेखमा रहेको सूचना उपलब्ध गराउन बाधा पुगेको मानिने छैन ।